रवि लामिछानेमाथी प्रहरी हिरासतमा प्रतिशोधपुर्ण व्यवहारः प्रचण्ड

डिसी नेपाल
२४ मंसिर २०८१ १६:२५
248
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरेको जनाएका छन। सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई हिरासतमा गरिएको व्यवहार निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण भएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *