रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो
पर्सा। पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएको हो।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment