‘द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ’
जानकी (बाँके)। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताए। उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भने।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने योजना सुनाए। इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेज सार्वजनिक भएको बताए। मानव अधिकार रक्षाका लागि केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment