प्रधानसेनापति सिग्देल भारत प्रस्थान
काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्, जसका लागि आज उनी भारत प्रस्थान गरेका हुन्। प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी रहेका छन।
प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन्।
सिग्देललाई मंसिर २७ मा भारतीय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनी ३० मंसिरमा स्वदेश फर्कने छन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment