आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी संगठन निर्माण गर्नुपर्छ: उपमहासचिव पुन

डिसी नेपाल
२५ मंसिर २०८१ २१:०६
92
Shares

दमौली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्।

तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज उनले विसं २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गरे।

उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताए। आँबुखैरेनी गाउँपालिका माओवादी एक्लैले जितेको बताउँदै जनतासँग साथमा रह्यौँ भने पार्टीलाई विश्वास गर्ने वातावरण सिर्जना हुने उनको भनाइ थियो। अब जितेको पालिकामा नमूनायोग्य काम गरेर जनताको विश्वास जित्ने गरी काममा लाग्न उपमहासचिव पुनले आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *