नेकपा एसले डाक्यो स्थायी कमिटी बैठक

डिसी नेपाल
२६ मंसिर २०८१ ९:५८
144
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने छ।

महाधिवेशन भएको ५ महिना बितिसक्दा पनि नेका एसले नेताहरूको जिम्मेवारी टुंग्याउन सकेको छैन। आजको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटबारे छलफल हुने बताइएको छ।

बैठकमा पार्टीको देशभरको सांगठनिक अवस्था, जिल्ला तथा प्रदेशका अधिवेशन, मुलुकको समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *