आफैँले चलाउने ट्रकमा च्यापिएर ३८ वर्षीय चालकको मृत्यु

डिसी नेपाल
२ पुष २०८१ १३:२१
312
Shares

इलाम । ट्रकमा च्यापिएर इलाममा एक जना चालकको ज्यान गएको छ। इलामको माङ्सेबुङ गाउँपालिका-३ सल्लेरीमा ट्रकले च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको ज्यान गएको हो।

काठ बोकेको ना३ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि गाडी मालिकसमेत रहेका तामाङ मर्मत गर्दै थिए। चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गरिरहेको अवस्थामा जग भासिएर च्यापिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभु ढकालले बताए।

घटनाबारे छानबिन भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *