सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु

डिसी नेपाल
३ पुष २०८१ १६:२५
532
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *