हनी ट्रयाप प्रकरण: इनिस्पेक्टर बिनु शाही अदालतमा उपस्थित
काठमाडौं। हालसम्म फराम रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन्। यसअघि फरार रहँदै आएकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन्।
ललितपुर, भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेर २० लाख रुपैयाँ असुलेको घटनामा उनी मुछिएकी थिइन्। सो रहस्य खुलेपछि शाहीलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।
घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा भने यसअघि नै पक्राउ परिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment