निकोलस भुसाल रिहा

डिसी नेपाल
८ पुष २०८१ १९:२२
1.3k
Shares

काठमाडौं। कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेसँगै पक्राउ परेका डा.निकोलस भुसाल रिहा भएका छन्।

हिजो काठमाडौंको थलीबाट पक्राउ परेका डा.भुसाललाई आज पोखरा लगिएको थियो। तर, कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनी रिहा भएका हुन्।

अब हिरासत बाहिर नै रहेर उनीमाथि अनुसन्धान अगाडि बढ्ने बताइएको छ। कास्की प्रहरीले उनीमाथि साइबर क्राइम मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए। साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए।

सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए। तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *