मेयर कप भेट्रान फुटबल हुने
काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २२ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने निश्चित भइसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ। कसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्काले सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको जानकारी दिए। काठमाडौं बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क नलाग्ने उनले बताए।
एट ‘ए’ साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ। विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ।
प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ। वडाले रु पाँच लाख उपलब्ध गराएको छ। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment