मधेस प्रदेशमा ‘ट्रफी परेड’ गर्दै एनपिएल विजेता जनकपुर बोल्ट्स

डिसी नेपाल
११ पुष २०८१ २२:३०
80
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठ वटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ।

आज राति जनकपुरधाम पुगेको टोलीले भोलिदेखि ट्रफी परेड सुरु गर्ने भएको जनकपुर बोल्ट्सले जनाएको छ। रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने जनाइएको छ।

जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन भोलि धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ। शुक्रबार रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुने जनाइएको छ।

दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ। बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुनेछ कार्यतालिका छ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *