सुनको मूल्य घट्यो

डिसी नेपाल
१४ पुष २०८१ ११:१६
1.8k
Shares

काठमाडौं। आज सुनचाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो भने चाँदी पनि प्रति तोला २५ रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *