दीपेन्द्र ओमाेडाको ब्रान्ड एम्बेस्डर, कार पनि हस्तान्तरण
काठमाडौं। एसपिजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको छ।
दीपेन्द्र र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएसँगै उनी ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन्।
नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापतको कार पनि हस्तान्तरण गरिएको थियो।
एनपिएल सुरु हुनुभन्दा अगाडि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment