नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने
काठमाडाैं। अन्ततः नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन्।
यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ। नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment