एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं। ‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ।
बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन्।
साथै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन्। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment