सेयर बजार परिसूचकमा सामान्य अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ।
साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा रोकिएको हो।
१ करोड ८६ हजार ७०५ कित्ता सेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।
आज १५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment