एन्फा महिला लिगमा पुलिसको सानदार जीत

डिसी नेपाल
१९ पुष २०८१ १९:४५
136
Shares

काठमाडौं। एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले सानदार सुरुवात गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो।

पुलिस आज खेलेको आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको छ। पुलिसलाई सहज जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले दुई दुई गोल गरे भने एक गोल पूजा रानाले गरिन्।

जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हारसँगै वालिङ पुछारमा झरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *