ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुनमा

डिसी नेपाल
१९ पुष २०८१ १९:५४
76
Shares

काठमाडौं। ई–स्पोर्टस संघ नेपाल (इशान) को आयोजनामा दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुनेभएको छ।

फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा हुने उक्त  च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको छ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए।

प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक उपस्थितिमा काठमाडौंको दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ। अन्तिम चरणमा ई–फुटबलमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा दुई, डोटा टू र भ्यालोरेन्टमा  ४–४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन्।

च्याम्पियनसिपको कूल पुरस्कार राशि रु २५ लाख रहेको छ। इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशि रहेको बताए। सोही राशिबाट छ विधाका विजेता, उपविजेतालाई पुरस्कार प्रदान गरिनेछ।

च्याम्पियनसिपमा सहभागी हुन चाहने खेलाडीले यही पुस २० गते देखि खल्ती एपबाट नाम दर्ता गराउने सक्न र दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *