यू–१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
काठमाडौं। आईसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू१९ महिला एसिया कप खेलेको टोलीमा रहेका १५ खेलाडीलाई नै विश्वकपको टोलीमा समावेश गरिएको छ।
मलेसियामा यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म आईसीसी यू–१९ महिला टी२० विश्वकप हुनेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment