नेपाल इन्स्योरेन्सको सेयर लिलामी बिक्री खुला
काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्। यता, आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment