पाँच सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
२४ पुष २०८१ ११:५०
324
Shares

काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ। अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ। यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *