काठमाडौंमा सवारी दुर्घटनामा परी बालिकाको मृत्यु
काठमाडौं । जेसिबिको ठक्करबाट काठमाडौंमा बालिकाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ की ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment