आज पनि भूकम्पको धक्का महशुस
काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको हो।
यसको केन्द्रबिन्दु खुदी रहेको बताइएकव छ। पुस महिनामा लगातार भूकम्प गइरहेका छन्।
यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment