तानसेनमा बसको ठक्करबाट एक महिलाको मृत्यु
पाल्पा। पाल्पाको तानसेनमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बुटवलबाट तानसेन हुँदै गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स बसको ठक्करबाट तानसेन ११, सामाकोट बस्ने ४६ वर्षीया सिता गहतराजको निधन भएको हो।
तानसेन–तम्घास सडक अन्तर्गत पर्ने सामाकोट सडकमा हिडिरहेकी गहतराजलाई बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेजमा लगि चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप वेल्वासेले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment