माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न

डिसी नेपाल
२९ पुष २०८१ १०:५५
40
Shares

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी रसुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सागसँगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराए।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए।

उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्व मन्त्री डा. वीरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए भने अन्य संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *