शिक्षक सेवा आयोगमा दुई सदस्यका लागि दरखास्त आह्वान

डिसी नेपाल
१ माघ २०८१ १३:४७
80
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले एक महिलासहित दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक महिलासहित दुई सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो।

इच्छुक एवं योग्य नेपाली नागरिकले तोकिएको प्रक्रिया पुर्‍याएर १५ दिनभित्र दरखास्त दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

अवधारणा पत्रसहित पाँच वर्षको व्यावसायिक कार्य योजनासहित सिफारिस समितिको सचिवालयमा दर्खास्त पेस गर्नुपर्नेछ। व्यावसायिक कार्य योजना तीनदेखि पाँच हजार शब्दको हुनुपर्नेछ।

दरखास्त दिने व्यक्ति पछिल्ला दुई वर्षदेखि कुनै राजनीतिक दलमा आबद्ध नभएको, स्नातकोत्तर उपाधि हासिल गरेको, कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको तथा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ।

शिक्षक सेवा आयोगमा एक अध्यक्ष र एक महिलासहित दुई जना सदस्य रहने व्यवस्था छ। आयोगका पदाधिकारीको नियुक्ति पाँच वर्षको लागि हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *