यू-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग
काडमाडाैं। नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ। यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे।
गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे।
साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो। अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment