भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

डिसी नेपाल
२ माघ २०८१ ९:३३
24
Shares

भादगाउँ (भक्तपुर)। भक्तपुरको सूर्यमढीमा आज धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरु हुने परम्पराअनुसार जात्रा हुनलागेको हो ।

सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियोभने मङ्गलबार माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो । ङालाकेगु जात्रामा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) हुने परम्परा छ ।

जसअनुसार बुधबार सूर्यमढीमा बाराही प्याखंस सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं, साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्तो निकाल्ने नाच) हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच)सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ ।

ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच): स बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच)स सिम्ह दुम्ह र श्वेत भैरवको ‘वस हियेगु प्याखं’ (लुगा धुने नाच) र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *