७० वर्ष नाघेका पत्रकारलाई पेन्सन

डिसी नेपाल
२ माघ २०८१ ११:४४
96
Shares

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने भएको छ।

शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो।

जिल्लामा क्रियाशील पत्रकारलाई पत्रकारितामा टिकाइराख्न ७० वर्षभन्दा माथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए।

पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *