भित्रियो नयाँ मौसमी प्रणाली, कस्तो रहला देशभरको मौसम?

डिसी नेपाल
३ माघ २०८१ ७:३९
944
Shares

काठमाडौं। हाल देशमा नयाँ मौसमी प्रणाली भित्रिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको हो।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन। काठमाडौंमा अहिले मौसम बदली हुनेछ।

तर वर्षाको सम्भावना छैन। रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *