गोकुल बास्कोटाको टिप्पणी- रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलिया
फाइल तस्वीर
काठमाडाैं। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताएका छन्।
बुधबार काठमाडौं जिल्ला अदालतमा सो पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा उनी विरुद्धमा बहस गरेको भन्दै अदालत परिसमा नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेको घटनाको बास्कोटाले निन्दा गरेका हुन्।
‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन, माइक टाइसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो’, सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेखेका छन्।
लामिछानेका अझै तीनवाटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चाहर्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उनले प्रश्न गरेका छन्। ‘अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन्, टेलर्स, मिडिया, मेडिकल, मस्म, मकै सबै चल्ने भए, बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?’ बाँस्कोटाले लेखेका छन्।
सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रुपैँया धरौटीमा छाडेको थियो भने बुधबार मात्र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैँया धरौटीमा छाडेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment