कोप २९ मा नेपालका तर्फ भएका कमजोरी सुधार गर्दै लगिने छ : मन्त्री शाही
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप २९) मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए।
सरकारले कोप जान कुनै बजेट बिनियोजन नगरेको र सीमित स्रोत र साधानका कारण अधिकतम रुपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उनले बताए। मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए।
उहाले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या विश्वमाझ उजागर गर्न सफल भएको धारणा राखे।
विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसंग छलफल गरेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment