नेपाल कबड्डी लिग शुक्रबारदेखि

डिसी नेपाल
३ माघ २०८१ १७:१७
56
Shares

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ।

फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ। प्रतियोगीतामा ६ टिमको सहभागीता रहने छ। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन्।

सबै लिगका प्रशिक्षक तथा मार्की खेलाडीहरुले पहिलो संस्करणको तयारी राम्रो भएको र निकै उत्साहित रहेको बताएका छन्। प्रतियोगिता अघि बिहीबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनीहरुले पहिलो संस्करणको उपाधी जित्ने दाबी गरेका छन्।

राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ।

उद्घाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *