यु–१६ युथ लिग फुटबलः संकटाले आर्मीलाई हरायो
काठमाडौं। राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा संकटाले आर्मीलाई ४–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै संकटाले चार खेलबाट सात अंक जोडेको छ भने पाँचौ खेलमा पराजित आर्मी अंकविहीन छ।
संकटाको जितमा एल्सन राई, गुन्डस सुनुवार, पेम्बा तामाङ र कुलदीप टिटुङले एक/एक गोल गरे। खेलको २१औँ मिनेटमा एल्सनको गोलमार्फत संकटाले पहिलो अग्रता लियो। त्यस्तै खेलको २५औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ८३ औँ मिनेटमा पेम्बाले र ९१ औँ मिनेटमा कुलदीपले थप गोल गर्दै संकटालाई आर्मीविरुद्ध सहज जित दिलाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment