कामना सेवा विकास बैंकको सर्वसाधारणका लागी सेयर बिक्री गर्दै

डिसी नेपाल
४ माघ २०८१ ११:१०

काठमाडौं। कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *