च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा
मुम्बइ। आगामी महिना हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ।
मुख्य चयनकर्ता अजित अगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुदैँछ।
प्रतियोगितामा ८ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। च्याम्पियन्स ट्रफी ८ वर्षपछि फर्कँदैछ। यसअघि यो प्रतियोगिता सन् २०१७ मा खेलिएको थियो।
भारतीय टिमः
रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल (उपकप्तान), श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त, रविन्द्र जडेजा।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment