खोखो विश्वकप प्रतियोगिताको फाइनलमा नेपाली महिला र पुरुष टोली

डिसी नेपाल
५ माघ २०८१ २०:१५
520
Shares

काठमाडौं। नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो।

महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो। यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो।

यस्तै नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ। पुरूष टोलीले शनिबार पहिलो सेमिफाइनलमा इरानलाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो। नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२(२० अंकको अन्तरले हरायो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *