यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

डिसी नेपाल
७ माघ २०८१ १२:५०
120
Shares

काठमाडौं। मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ। नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन्। नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन्।

यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो।

स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीमा कप्तान पूजा महतोसहित साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, किरनकुमारी कुँवर, ज्योत्सिन्का मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायतले खेलिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available.