खो खो विश्वकप टोली स्वदेश फर्कियो
काठमाडौं। खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा सोमबार स्वदेश फर्किएको पुरुष र महिला टोलीलाई खो खो नेपाल संघले स्वागत गरेको हो।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको फाइनलमा पुरुष र महिलातर्फ नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
पुरूषतर्फ नेपाल भारतसँग ५४–३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८–४० ले पराजित भएको थियो। कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment