माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँट तथा हेरफेर गरिँदै

डिसी नेपाल
८ माघ २०८१ ११:०८
260
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने भएको छ।

जसका लागि केन्द्रीय पदाधिकारीको बैठक डाकिएको छ, बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास खुमलटारमा बस्ने जनाइएको छ।

सो बैठकमा पदाधिकारी नेताको कार्यविभाजन, उमेर हदबन्दीले अवकाशप्राप्त विद्यार्थी नेताको व्यवस्थापन लगायत समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

गत माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजनसम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरे पनि तयारी नपुगेको भन्दै कुनै जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिएको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *