नक्कली पेस्तोल देखाएर रकम असुली

डिसी नेपाल
९ माघ २०८१ १२:१३
144
Shares

रौतहट । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

इशनाथ नगरपालिक वडा न ४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए।

उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खेलौना देखाएर सीमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए।
प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए।

पक्राउ परेका कलामलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *