भारतीय क्रिकेट टोलीको जर्सीमा पाकिस्तानको नाम होला कि नहोला ?
काठमाडौं । सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको जर्सीमा पाकिस्तानको नाम छापेको समाचारप्रति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मौनता तोडेको छ ।
केही समाचारमा टोलीले आफ्नो जर्सीमा ‘पाकिस्तान’ नाम नलेख्ने दाबी गरिएको थियो । सामान्यतया कुनै पनि आइसीसी कार्यक्रमको आधिकारिक लोगोमा आयोजक देशको नाम समावेश हुने नियम हो ।
सन् २०२३ मा आईसीसी एकदिवसीय विश्वकपका लागि पाकिस्तान भारत आउँदा बाबर आजमको नेतृत्वमा रहेको टोलीको जर्सीमा छापिएको लोगोमा भारतको नाम लेखिएको थियो। यो आइसीसी प्रतियोगिताको साझा प्रोटोकल हो।
बीसीसीआई सचिव देवजित सैकियाले पीटीआईलाई भने, “बीसीसीआईले च्याम्पियन्स ट्रफीमा आईसीसीको पोशाकसँग सम्बन्धित हरेक नियम पालन गर्नेछ।”
उनले भने, ‘अन्य टोलीले लोगो र ड्रेस कोडका सम्बन्धमा जे गरे पनि हामी त्यसको पूर्ण पालना गर्नेछौं ।’
एक रिपोर्टमा आईसीसीले च्याम्पियन्स ट्रफीको लोगो र आयोजक राष्ट्र पाकिस्तानको नाम खेलाडीको किटमा भेटिएन भने भारतीय टोलीविरुद्ध कडा कारबाही गर्न सकिने बताएको छ ।
च्याम्पियन्स ट्रफी २०२५ पहिले पूरै पाकिस्तानमा आयोजना गर्ने भनिएको थियो तर भारतले पाकिस्तान जान अस्वीकार गरेपछि रोहित शर्मा र उनको टोलीको खेल हाइब्रिड मोडलमा दुबईमा सारिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment