मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

डिसी नेपाल
१० माघ २०८१ १८:०८
1.0k
Shares

रूपन्देही। बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ।

मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *