आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

डिसी नेपाल
१२ माघ २०८१ ११:०६
132
Shares

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, सागसहितका तरकारीको मूल्य भने आज पनि निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

कालीमाटीमा आज सानो लोकल गोलभेँडाको मूल्य १७, लोकल बन्दा २०, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली ११, ज्यापु काउली १७, तराईको काउली ११ रुपैयाँ प्रतिकिको छ।

त्यसैगरि सेतो मुला १७, लाम्चो भन्टा २५, हिरयो फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा १७, रातो आलु ४३, सुकेको भारतीय प्याज ६९, तराईको गाँजर ३५, लोकल बन्दा २०, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली १२, ज्यापु काउली १७, मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५ रुपैयाँ प्रतिकिलो थियो। ​​​​​​​

त्यसैगरि करेला ९५, लौका ५५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी १२५, रायोको साग १२, कन्य च्याउ ७५, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *