अर्घाखाँचीमा शिकारको लाइसेन्स खुला
बुटवल। डिभिजन वन कार्यालय सन्धिखर्कले अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको शिकार गर्न अनुमति (लाइसेन्स) लिन इच्छुक नेपाली नागरिकबाट निवेदन माग गरेको छ।
कार्यालयले वन्यजन्तुबाट कृषि बाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० बमोजिम शिकार अनुमति दिन लागेको जनाएको छ।
सिकार गर्न इच्छुकले तोकिएको शुल्क तिरी २०८३ भदौ १० गतेभित्र कार्यालयमा निवेदन दिन आव्हान गरिएको छ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुमति प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment