रसुवामा पहिरोले ११ घरगोठमा क्षति

डिसी नेपाल
६ भदौ २०८३ १७:४५

रसुवा। रसुवाको उत्तरगया गाउँपालिका –०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्‍याएको छ।

शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो। उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन्। उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन।

पहिरोबाट पशुचौपाय तथा घरगोठ आंशिक तथा पूर्ण रुपमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *