स्थानीय तह र प्रदेशबीच हुने विवाद समाधानका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति
koshi sarkar
मोरङ। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
आज बसेको बैठकले स्थानीय तह र प्रदेश सरकारबीच हुने विभिन्न विवाद समाधान गर्ने उद्देश्यले कानुन आवश्यक भएकाले विधेयक निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
बैठकले विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्नाका साथै यही माघ २८ देखि फागुन ९ गतेसम्म भारतमा सञ्चालन हुने तालिममा जान मुख्य न्यायाधिवक्ता नारायण वस्तीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment