फास्टट्रयाकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

डिसी नेपाल
१५ माघ २०८१ १४:१७
476
Shares

काठमाडौं । सरकारले हालै ल्याएका अध्योदश फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता गरिसकेको उनले बताए। ती अध्यादेश फास्टट्रयाकबाट हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुने उनको भनाइ छ।

गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीसमेत छिटो बनाउने निर्णय भएको उनले जानकारी दिए। अध्यादेश कार्यान्वयनका लागि नियमावली तदारुकताका साथ बनाउने निर्णय गरिएको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *