कार्यब्यवस्था समिति बैठकमा कांग्रेस-माओवादीबीच नोकझोक
काठमाडौं । संसद बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।
सभामुख देवराज घिमिरले बोलाएको कार्यब्यवस्था बैठकमा प्रतिपक्षी माओवादी कांग्रेसप्रति आक्रामक भएको हो ।
‘अब अध्यादेशवाट नै सरकार चलाउने हो भनेर ठूला दलका प्रमुख सचेतकले भनेपछि मैले आपत्ति जनाए,’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरे, यसअघि संसद विघटन भएको हो। ६ वटा विधेयक अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भनेपछि मैले आपत्ति जनाए।’ उनका अनुसार अध्यादेशका विषयवस्तु महत्त्वपूर्ण भएकाले माघ १८ गतेदेखि सुरू हुने संसद बैठकमा प्रश्न उठाउने पनि उनले जनाए।
उनका अनुसार खास गरेर अध्यादेश मध्य पनि आर्थिक कार्यविधि र उत्तरदायित्व विधेयक संसदमा छलफलको क्रममा रहेको बेला सोही विधेयकलाई पनि अध्यादेशमार्फत ल्याउँदा नियम अनुसार, प्रचलन अनुसार, संविधान अनुसार नमिलेको तर्क पार्टीले राखेको उनले जनाए।
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशका बारेमा गत माघ ४ गते प्रतिपक्षमा रहेका ७ दलले संयुक्त रूपमा धारणा राखेको उल्लेख गर्दै माघ १८ गतेदेखि सुरु हुने बैठकमा पनि प्रश्न गरिने तयारी भएको बैठकपछि उनले जनाएका छन्।







डिसी नेपाल







Facebook Comment